यदि तपाईं माध्यमिक तहका विद्यार्थी हुनुहुन्छ भने रेडियो तथा टेलिभिजनबाट आफ्नो पढाइ नियमित गर्न सक्नुहुन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेका शैक्षिक सामग्री विद्यार्थीले रेडियो तथा टीभीबाट पढ्न पाउँछन् ।
केन्द्रले विद्यालय शिक्षा (१-१२) को पाठ्यक्रम, पाठ्यपुस्तकमा आधारित भएर भिडिओ तथा अडियो शैक्षिक सामग्री तयार पार्ने गरेको छ । जसलाई नियमित रुपमा रेडियो तथा टीभीमार्फत प्रसारण गर्ने गरिएको छ ।
यसअन्तर्गत नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलमा कक्षा १०, ९, ८ र ७ का भिडिओ पाठहरू विहानको ६ बजेदेखि साढे ८ सम्म र कक्षा ६, ५, ४, ३, २, १ र १० का भिडिओ पाठहरू अपरान्ह साढे ४ देखि साँझ ७ बजेसम्म शनिवार बाहेक हरेक दिन प्रसारण हुने गर्छ । पाठहरूको प्रसारण तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।
त्यस्तै रेडियो नेपालबाट आइतवारबाहेक प्रत्येक दिन कक्षा ९ का अनिवार्य विषयका अडियो पाठहरू साँझ ५:१५ देखि ५:४५ बजेसम्म र कक्षा ११ र १२ का अनिवार्य विषयका अडियो पाठहरू बेलुकी ८:२५ देखि ८:५५ बजेसम्म
यदि उक्त समयमा रेडियो कार्यक्रम सुन्न नसके यहाँ क्लिक गरी पुन: सुन्न सक्नु हुनेछ । यसबाहेक केन्द्रको युट्युब च्यानलमा समेत कक्षा १ देखि १० सम्मका भिडिओ पाठहरू राखिएको छ । युट्युबमा राखिएका शैक्षिक सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस् ।
via Techpana.com