banner image

एसईईको नतिजा सार्वजनिक गर्न ढिलाइ, अब साउन १० को भाखा

Jul 23, 2022

एसईईको नतिजा सार्वजनिक गर्न ढिलाइ, अब साउन १० को भाखा

एसईईको नतिजा सार्वजनिक गर्न ढिलाइ, अब साउन १० को भाखा

माध्यमिक शिक्षा परीक्षा । राष्ट्रिय परीक्षाा बोर्डले असार अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने बताए पनि साउन पहिलो हप्तासम्म नतिजा दिन नसकेको हो ।

माध्यमिक शिक्षा परीक्षाका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले साउन १० गतेभित्र नतिजा प्रकाशन गर्ने बताए । ‘अहिले हामी विद्यार्थीको नतिजालाई फिनिसिङ गर्ने काम गरिरहेका छौं’ उनले अनलाइनखबरसँग भने । बोर्डले ३० वैशाखको स्थानीय तह निर्वाचनमा शिक्षक र कर्मचारी व्यस्त हुँदा उत्तरपुस्तिका परीक्षणमा १० दिन ढिला भएको बताएको छ ।

बोर्डले यो वर्ष प्रदेशस्तरमा परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रको मापदण्ड निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण र अंक चढाउने काम समेत गरेको थियो । त्यही अनुसार विद्यार्थीको प्राप्तांकलाई परीक्षा नियन्त्रण कार्यालयले रुजु गरेर नतिजा प्रकाशनको तयारी गरेको हो । प्रदेशबाट विद्यार्थीको प्राप्ताङ्क अपडेट गर्नको लागि सफ्टवेयर जडान हुन नसकेकोले केन्द्रबाटै अपडेट गर्नुपर्ने भएकोले नतिजा सार्वजनिक गर्न ढिला भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनी भन्छन्, ‘यस्ता विविध प्राविधिक कारणले ढिलाइ भइरहेको छ । हामीले विद्यार्थीलाई ढाँट्न खोजेका होइनौं । अब दोस्रो हप्ता कट्दैन ।’

अध्यक्ष महाश्रम शर्माले एकीकृत र प्रदेशगत दुबै तरिकाले नतिजा सार्वजनिक हुने जानकारी दिए । उनले भने ‘एकीकृत पनि हुन्छ र प्रदेशगत पनि नतिजा सार्वजनिक गर्ने हाम्रो तयारी छ । प्राविधिक समस्या नहुने हो भने दुबै तरिकाले हुन्छ ।’ २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका छन् । Source: Onlinekhabar
You can view SEE result in www.OnlineBhaktapur.com soon !!!