banner image

एसईई सिंगिङ आइडलको अडिसन चैत तेस्रो हप्तादेखि

Dec 02, 2022

एसईई सिंगिङ आइडलको अडिसन चैत तेस्रो हप्तादेखि

एसईई सिंगिङ आइडलको अडिसन चैत तेस्रो हप्तादेखि
काठमाडौं । गायन र नृत्य रियालिटी शो एसईई सिंगिङ आइडल र एसईई डान्सिङ स्टारको नयाँ संस्करण चैत दोस्रो सातादेखि सुरु हुने भएको छ ।

‘शिक्षाका लागि संगीत’ भन्ने नाराका साथ चार वर्षदेखि आयोजना हुँदै आएको शोको नयाँ संस्करण ओखलढुंगाबाट सुरु हुने बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

शोको अडिसन प्रदेश १ का १४ वटै जिल्लामा गरिने आयोजक डम्बरकुमार तुम्बापोले जानकारी दिए । किशोरकिशोरीमा निहित गायन र नृत्य प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको तुम्बापोले बताए । प्रतियोगितामा एसईई दिने विद्यार्थी सहभागी हुन पाउँछन् ।

अडिसनको फारम र तालिमका लागि कुनै पनि शुल्क तिनु नपर्ने आयोजकले जनाएको छ ।

विजेताले ट्रफीका साथमा ५० हजार रुपैयाँ नगद पुरस्कार, कक्षा १२ अध्ययन गर्न तीन लाख बराबरको पूर्ण छात्रवृत्ति, उपहार र मुस्ताङ भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

फस्ट रनरअपले ३० हजार रुपैयाँ र कक्षा १२ मा ८० प्रतिशत छात्रवृत्ति, सेकेण्ड रनरअपले नगद २० हजार र कक्षा १२ मा ७० प्रतिशत छात्रवृत्ति र उत्कृष्ट १० जनालाई कक्षा १२ मा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

प्रदेश नम्बर १ स्तरीय संगीत र गायनको रियालिटी शो २०७५ सालदेखि फक्ताङलुङ मिडिया हाउस प्रालिले आयोजना गर्दै आएको छ ।
Onlinekhabar.com