banner image

काठमाडौंमा सुर्तीजन्य पदार्थ निषेध

Dec 06, 2023

काठमाडौंमा सुर्तीजन्य पदार्थ निषेध

काठमाडौंमा सुर्तीजन्य पदार्थ निषेध
महानगरले गत बिहीबार जारी गरेको सूचना अनुसार ‘महानगरपालिकाका जनस्वास्थ्य ऐन २०८०’ लागु गर्ने क्रममा यस्तो निर्णय गरेको हो। महानगरपालिकाको जनस्वास्थ्य ऐन तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार सार्वजनिक स्थल मानिएका यी ठाउँहरु पर्छन्।रेष्टुरेन्ट, बार, चमेना गृह, भोजनालय, छात्रावास, कभर्डहल, लज, अतिथि गृह, पुल हाउस, रंगशाला, शारीरिक सुगठन व्यायाम केन्द्र, सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बालआश्रम, वृद्ध आश्रम, सार्वजनिक शौचालय, अनाथ आश्रम बाल उद्यान, उद्योग तथा कलकार खानाका कार्यस्थल, चलचित्र घर, नाट्यशाल, सांस्कृतिक केन्द्र, होटल, मोटल, रिसोटधर्मशाला, बसपार्क, टिकट काउन्टर, एयरपोर्ट आदि सार्वजनिक स्थानभित्र समावेश छन्।

यी सार्वजनिक स्थलदेखि २ सय मिटर टाढा बन्द प्याकेटमा मात्र चुरोट विक्री गर्न पाउने व्यवस्था ऐनले गरेको छ। त्यसैगरी १८ वर्ष मुनिका बालबालिकालाई विक्री वितरण गर्न लगाउन नपाउने व्यवस्था छ।

तर व्यवस्थापकले कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटलको कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकुल असर नपर्ने गरी सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यवस्था भने गर्न पाइने छ।

‘ऐनले तोकेको ठाउँमा चुरोट विक्री गर्न र पिउन पाइने बाहेक  अन्य सुर्तीजन्य पदार्थ पुरै निषेध गर्ने गरी तयारी गरेका छौ’ महानगरपालिकाका नगर प्रहरी राजुनाथ पाण्डेले भने।

निषेध कार्यान्वयनको लागि सुर्तीजन्य पदार्थको डिलर तथा उत्पादक कम्पनीलाई १५ दिनको म्याद राखेर जानकारी दिइसकेको नगर प्रहरी प्रमुख पाण्डेले बताए।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन बनेको १२ वर्ष बितिसक्दा पनि नेपाल सरकारले निषेध गर्न सकेको थिएन। काठमाडौँ महानगरपालिकाले यति धेरै जनघनत्व भएको सहरमा कसरी प्रतिबन्ध लगाउन सम्भव छ त ? यस विषयमा महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पाण्डेले लागू गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे।

‘विक्री गरेको देखेमा प्रहरीले जफत गरिहाल्छ, प्रयोग गरेको देखे जरिवाना लाग्छ’ उनले भने। यो नियम कडाइपूर्वक लागु गर्ने गरी महानगरको तयारी रहेको पाण्डेले जोड दिएर भने। ‘असम्भव भन्ने नै लाग्दैन’ उनले भने।

ऐन लागु गर्नको लागि नगर प्रहरी पसलहरुमा छापा मार्ने र बिक्री वितरण भएको पाइएमा सुर्तीजन्य पदार्थहरु प्रहरीले जफत गर्नेछ।

त्यसैगरी सार्वजनिक स्थलमा प्रयोग गरेको भेटिएमा काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य ऐन २०५० अनुसार २५ हजारदेखि १ लाखसम्म जरिवाना गरिने व्यवस्था छ।

त्यसैगरी यी स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग गरी फोहोर गरेमा फोहोरमैला ऐन अन्तर्गत कारबाही गरिने काठमाडौँ महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले बताए। nagariknews