banner image

पब्जी खेलमा नेपालले जित्यो ५९ लाख पुरस्कार

Nov 07, 2022

पब्जी खेलमा नेपालले जित्यो ५९ लाख पुरस्कार

पब्जी खेलमा नेपालले जित्यो ५९ लाख पुरस्कार

२० कात्तिक, काठमाडौं । नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीप खेलमा ५९ लाख पुरस्कार राशि जित्न सफल भएको छ ।

नेपालबाट सहभागी भएका डीआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् ।

१ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।

४ दिन सम्म सञ्चालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

गडलाईकले २६४ अंक हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । दोश्रो स्थानमा रहेको डिआरएसले २५६ अंक प्राप्त गर्‍यो । यस्तै तेश्रो स्थानमा रहेको स्काईलाइट्जले २३१ अंक प्राप्त गर्‍यो ।

१६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनसीपमा नेपालबाट डिआरएस र स्काईलाइट्ज लगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए ।

यसका साथै डिआरएस, स्काईलाइट्ज र ट्रेन्ड टु किल पब्जी मोवाइल ग्लोबल च्याम्पियनसिपको लागि पनि छनोट हुन सफल भएका छन् ।

पहिलो पटक यस च्याम्पियनसीपलाइ फिल्म हलको ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गरिएको थियो । जसमा पब्जीलाई रुचाउने ठूलो संख्याका दर्शकले प्रत्यक्ष मनोरञ्जन लिएका थिए ।
onlinekhabar.com