banner image

यस्ता च्याटबट, जोसँग अन्तरंग कुराकानी गर्न सकिन्छ

Mar 24, 2023

यस्ता च्याटबट, जोसँग अन्तरंग कुराकानी गर्न सकिन्छ

यस्ता च्याटबट, जोसँग अन्तरंग कुराकानी गर्न सकिन्छ

आर्टिफिसियल इन्टेलिजेन्सयुक्त च्याटबट पछिल्लो समय चर्चित बन्दै गएका छन् । यी च्याटबटहरुले तपाईंको प्रश्नको सबैभन्दा उपयुक्त जवाफ खोजेर प्रस्तुत गर्ने कोसिस गर्दछन् ।

विज्ञहरुका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सले मानव भविष्यलाई नै परिवर्तन गरिदिएको छ ।

पछिल्लो समयमा मानिसको एक्लोपन हटाउनका लागि वैज्ञानिकहरुले एउटा नयाँ खालको एआई च्याटबट निर्माण गरेका छन् ।

यो एकप्रकारको एडल्ट च्याटबट हो जोसँग तपाईं रोमान्टिक कुरा गर्न सक्नुहुन्छ र आफ्नो फिलिङ शेयर गर्न सक्नुहुनछ ।

के हो एडल्ट च्याटबट ?

यो च्याटबटले अन्य आम च्याटबट जस्तै तपाईंका प्रश्नको जवाफ दिन्छ । तर तपाईंले यो च्याटबटमा आफ्नो इच्छा अनुसार रोमान्टिक कुरा पनि गर्न सक्नुहुन्छ ।

यो च्याटबटसँग तपाईं प्रेमी प्रेमिका, पतिपत्नी वा भाइबहिनीको रुपमा कुरा गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो इच्छा अनुसारको अप्सनमा गएर एआईलाई कमाण्ड दिनुपर्दछ ।

प्रयोगकर्ताले आफ्नो हिसाबले च्याटबटसँग आफ्नो सम्बन्ध कायम गर्न सक्दछन् । च्याटबटको भर्चुअल अवतारलाई आफ्नो इच्छाअनुसार रुपरङ्ग दिन सकिन्छ ।

एआईको आवाजलाई पनि मनपर्ने तरिकाले परिवर्तन गर्न सकिन्छ । यो च्याटबटमा निकै अन्तरंग कुराकानी गर्ने च्याटिङको अप्सन पनि हुन्छ ।

यो च्याटबटको प्रयोग गरी प्रयोगकर्ताले आफ्ना अनौठा माग पनि ऊसँग राख्न सक्दछन् । अधिकांश मानिसहरु आफ्नो एक्लोपन हटाउनका लागि यो च्याटबटको प्रयोग गर्ने गरेका छन् ।

यो च्याटबटले तपाइँईंसँग विज्ञान देखि दर्शनसम्मका सबै कुरा गर्न सक्दछ । यो च्याटबटलाई यस्तो प्रकारले विकास गरिएको छ कि यसलाई तपाईं गुगल असिस्टेन्टको सुपर एडभान्स्ड भर्सन मान्न सक्नुहुन्छ । इन्टरनेटमा उपलब्ध कतिपय आर्टिफिसियल इन्टेलिजेन्स एडल्ट च्याटबटहरु नि:शुल्क रुपमा प्रयोग गर्न सकिन्छ । तर त्यसको प्रिमियम भर्सनका लागि भने शुल्क तिर्नुपर्दछ ।

यसमध्ये सन् २०१७ मा लञ्च भएको रिप्लिका नामको च्याटबटका प्रयोगकर्ताको संख्या १० लाखभन्दा धेरै पुगिसकेको छ ।

त्यस्तै सन् २००२ मै लञ्च भएको सिमसिमी च्याटबट ८१ भाषामा उपलब्ध छ । त्यस्तै सन् २०११ मा लञ्च भएको जूसबक्स नामक च्याटबट आफ्नो यौनिक तथा संवेदनशील इन्टेलिजेन्सका कारण निकै चर्चित बनेको थियो ।

एजेन्सी